दाङको बबई गाउँपालिका वडा नं ७ मलई माझगाउँ निवासी पुर्ण वहादुर वलीले ११ बर्षिया छोरीको मुटुको अप्रेशनका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । ११ बर्षिया छोरी दिपशिखा वलीको मुटुमा समस्या कारण काठमाडौंमा मुटुको अप्रेशनको हुन लागेको तर आर्थिक समस्या परेकाले सहयोग गरिदिन बुवा वलीले सबैमा आग्रह गरेका छन् ।
अप्रेशनलागि २ लाख भन्दा बढि लाग्ने बताइएको छ । आफ्नो आर्थिक अवस्था कमजोर भएकाले अप्रेशन खर्च जुटाउन समस्या परेको बुवा वलीको भनाई छ ।
बस चालकको कमाईले घर व्यवहार चलाउन धौधौ परेको बेला छोरीको मुटुको अप्रेशन गर्न पर्ने समस्या भएको भन्दै वलीले सबैसंग आर्थिक सहयोग अपिल गरेका छन् ।
मानविय सेवा नै धर्म भएकाले कलिलो सानी बालिकाको मुटुको अप्रेशन खर्चमा सहयोग गर्न चाहने सहयोगीदाताले पुर्ण व. वली ९८०३१४२०५६ र छहरा अनलाइनको नम्बर ९८१८५४७१२७ मा समेत सम्पर्क गर्न आग्रह गरिएको छ ।