२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

मैले पनि भोगे कोरोनाको अनुभव तर म संग रिपोर्ट छैन

विश्वभरी महामारीको रुपमा तिब्र गतिमा कोरोना भाइरस फैलिरहेको पनि करिब दुई बर्ष हुन थालिसक्यो। लकडाउन भैरहेको छ । कयौं मानिसहरुले अकालमै ज्यान गुमायको दुखद घटना हामिले भोगिरहेका छौ। यहि कोरोनाको डर त्रास अनि लकडाउनले गर्दा बन्द कोठामा हामिले संघर्ष गरिरहेका छौ। पहिलो चरणको कोरोनामा डर त्रास भय पनि खासै आफन्तीहरुलाइ लागेन अनि कसैको मृत्यु पनि भयन र मलार्इ पनि केही अनुभव भएन ।

दोर्सो चरणको कोरोना महामारी फेरि तिब्र गतिमा फैलियो र बैषाख १७ देखि लकडाउन सुरु भयो। पढाइको सिलसिलामा कोठा गरि बसेको म तुरुन्तै कोठा छोडेर घर जान सकेन र यहि बन्द कोठामा एक्लै बस्न बाध्य भए। सहरमा मात्र लाग्छ कोरोना गाउमा लाग्दैन भन्ने हरु पनि अछुत हुन सकेनन गाउँ घर सहर बजार धनी गरिब ठुलो सानो केही भनेन । मलाइ बैषाख २० गते रातीबाट शरीर दुख्न सुरु भयो। अनि बिस्तारै टाउको दुख्ने आँखा दुख्ने भयो । २१ गते बाट ज्वरो खनियो । छट्पटि हुने बान्ता हुने पखाला लाग्ने अनि बेसरी शरीर दुख्ने छिनछिनमा गर्मी हुने जाडो हुने अक्सिजनको कमि महसुस हुन्थ्यो ।सास फेर्न गारो हुने छिनछिनमा त सास नै रोकिन्थ्यो।तर कस्लाइ भन्ने सबैलाई डर थियो अक्सिजको अभाब थियो।,त्यति बेला मैले सानो मन कहिलै बनायन र डराएन पनि मैले यहि मात्र सोचे मलाइ केही हुदैन मैले कसैलाइ भनेन म बिरामी छु भनेर घर परिवार साथी कसैलाइ भनेन । न म सङ्ग पैसा थियो न खाने रासन ।

मेरो साहरा यहि बन्द कोठा थियो। तर हिक्मत गर्न छोडेन बाहिर लकडाउन त्यही बिचमा दिनहु कयौं मानिसले आफ्नो ज्यान गुमाए कयौं छ्टपट्टिमा बाचे म पनि छट्पटी रहे कसैलाइ भनेन। किन कि मान्छे देखि मान्छे भाग्ने यो समयमा अरुलाइ भनेर के तनाब दिनु भन्ने लाग्यो। तर १ हप्ता हुन थाल्यो सन्चो भएन अब त मर्छु झै लाग्यो। सोचे अपांग मान्छे कोरोना लाग्यो अब बाच्दिन मन आतियो । अनि आत्मिय दाजु रबिन ओलिलाइ भने दाइ म मर्छु अब उस्ले केही हुदैन ठिक हुन्छ म छु ।जे गर्नु पर्छ म गर्छु भन्नू भयो। न खाना पकाएर खान सक्थे न हिड्न नै । सुतिरहे बास छटपटिमा । दुख पीडा अनि आसुमा बाचेकी म अपांग अनि अभागि मान्छे काल न आउदो रहेछ । सास मात्र बाकी थियो । अझै बाच्ने झिनो आसा थियो। चेक गराउन गयन कतै कसैलाइ भनेन किन कि मेरो कारण कसैलाइ तनाब नहोस म यहि चाहन्थे। करिब १२ दिन पछि बिस्तारै सन्चो भयको महसुस भयो,मलाइ अनि सोचे अब कोरोनाले छोड्न थाल्यो तर कसरी न मैले औषधि खाएको छु न हस्पिटल नै गयको छु । फेरि सोचे मलाइ कोरोना होइन । कोरोनाको औषधि त आत्मबल रहेछ । क्यारे !

यसरि मैले यो बन्द कोठा बाट यक्लै कोरोना सङ्ग लडेर जिते । अझै पनि रोग भोग अनि जिन्दगिमा भोलिको दिन सोचेर सङ्ग्रस गर्न छोडेकी छैन। कोरोना केही होइन र लाग्दैमा मरिदैन भन्ने भावना आयो। र यसरी नै अरुलाइ सम्झाउन थाले। अझै पनि भन्छु कोरोना केही होइन नडराउ आत्मबल बढाउ। सुरछित हौ।

बसन्ती वली (जुनकेरी)

शान्तिनगर – २ दाङ
हाल तुलसीपुर