२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

मलईको मोटरबाटो खोलामा परिणत (भिडियो सहित)

पश्चिमदाङको बबई ७ मलईको मोटरबाटो खोलामा परिणत भएको छ । मोटरबाटोमा खोला हिड्दा यो मोटरबाटो होकि, खोला हो छुट्याउनै गाह्रो पर्ने गर्दछ । बर्षा मौषम सुरु भएसंगै हरेक बर्ष बन्द हुने ढोलपुर देखि मलईको मोटरबाटो बर्षामा खोला झै हुने गर्दछ । जसले गर्दा वडा, गाउँपालिका तथा बजार आउन निकै समस्या रहेको छ ।

खोलाको त डर छ नै झन बाटोमा हिड्ने खोला भेलले बगाउला भन्ने डर रहेको स्थानीय गम्मर घर्तिले बताउनुभयो । मोटरबाटो भएर खोला हिड्दा मोटरबाटो खोला झै भएको घर्तिले बताउनु भयो ।

मलईको मोटरबाटो स्तरोन्नतीमा कसैले ध्यान नदिदा बर्षेनी बर्षा मौषममा मोटरबाटो खोला बग्ने गर्दछ । मोटरबाटोको छेउमा नाला र चिरामा कलभर्ट तथा हेमपाइप नहुदा यस्तो समस्या उत्पन्न भएको स्थानीयको भनाई छ ।

मलईको मोटरबाटो बर्षा मौषम सकिएपछि सामान्य मात्र मर्मत हुदै आएको छ । सो मोटरबाटोका लागि व्यवस्थित नाला सहितको स्तरोन्नती हुन आवश्यक रहेको छ ।