पश्चिमदाङको धार्मिक स्थल चिसापानी मन्दिरमा वेवारिसे अवस्थामा बस्दै आएका दुई बालकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । बबई गाउँपालिका वडा नं. ६ टिकुलीका साहारा विहिन भएका ति दुई बालकहरुको खाद्यान्नमा सहयोग होस भन्ने उद्येश्यले रु २१ हजार ८ सय रुपैया सहयोग रकम हस्तान्तरण गरिएको हो ।
बैदेशिक रोजगारीमा रहेका चिरण रोका र गनेश बुढाथोकीले विभिन्न साथीहरुसंग जम्मा गरी पठाएको सो रकम आज हस्तान्तरण गरिएको हो । सामाजिक अभियान्ता भक्त डाँगीको समन्वयमा गणेश भण्डारीकी श्रीमती सीता भण्डारी बुद्धिजीवी, मन्दिर समिति राजनीतिक तथा धार्मिक संगठनका व्यक्तित्व हरुकै उपस्थितिमा बालकका विश्वाशिलो अभिभावकलाई रकम हस्तान्तरण गरिएको हो ।
सो रकमबाट मन्दिरको कोठामा बसेर खानाका लागि आवश्यक सामाग्री खरिद गरिने बताइएको छ । विगत ६ महिना देखि ति दुई बालकहरु मन्दिरमा बस्दै आएका छन् । सम्पतीको नाममा कुनै जग्गा जमिन नभएपछि ति बालक मन्दिरमा बस्दै आएका हुन् ।