२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

हापुरेमा कोरोना सचेतना र मास्क वितरण (भिडियो सहित)

पश्चिमदाङको हापुरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि कोरोना सचेतना र मास्क वितरण गरेका छन् । हजुरको मास्क खोई ? अभियान अन्र्तगत आज हापुरेमा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल सहितको जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले हापुरे बजारमा रहेका व्यापारी, व्यवसायी, सर्वसाधारण तथा बटुवाहरुलाई कोरोना महामारीबाट वच्न मास्क अनिवार्य लगाउनु पर्छ भन्ने सचेतना सहित मास्क वितरण गरिएको हो ।
पछिल्लो समयमा तेस्रो चरणको महामारी सुरु हुन लागेको भन्दै यसबाट बच्न मास्क अनिवार्य प्रयोगका लागि हजुरको मास्क खोइ अभियान सञ्चालन गरिएको हो ।