२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

दाङमा जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ

दाङमा जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका १ पटौलीनाका निवासी ४६ वर्षिय हेमराज गिरी र घोराही उपमहानगरपालिका ११ निवासी ३२ वर्षिय दामोदर योगी रहेका छन् । शनिवार बेलुका साढे ६ बजेतिर १२ किलो सुकुटी उनीहरुलाई राजपुर गाउँपालिका १ माररी खोलाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । प्रवक्ता रिजालका अनुसार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुशन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा बुझाउने र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाउने तयारी भैरहेको छ ।