पश्चिमदाङको बबई गाउँपालिकामा २ दिने सबैका लागि पढाई कार्यक्रम सुरु भएको छ । अपाङगता समावेशी शिक्षा तथा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिमको आज एक कार्यक्रमका विच सुरु भएको छ । गाउँपालिका शिक्षा अधिकृत मोहनलाल दाहालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडलको प्रमखु आतिथ्यता एवं उपाध्यक्ष सावित्रा विश्वकर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा एफआरडि संस्थाका प्रतिनिधि रामेश्वर यादव, सहजकर्ता केशव प्रसाद शर्मा र बबई गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । एफआरडि संस्थाका प्रतिनिधि रामेश्वर यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण टोप वहादुर चौधरीले गर्नुभएको थियो ।