२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

आज केही ठाउँमा र भाेलि देखि देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना

आज चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने र भोलिदेखि देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेकाे छ । धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेकाेले बाढी पहिरोको जोखिम उच्च रहेकाे माैषमविद् जनाएका छन् ।
आज दिउँसाे वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
यस्तै, राति प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।