पश्चिमदाङको बबई गाउँपालिकामा सञ्चालनमा भएको २ दिने प्रावि तहको सबैका लागि पढाई कार्यक्रम सकिएको छ । हिजो देखि अपाङगता समावेशी शिक्षा तथा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने प्रावि तहको सबैका लागि पढाई कार्यक्रम आज सकिएको हो ।
इएमआइएसमा सबै विद्यार्थी समावेश गराउने उद्येश्यले सो कार्यक्रम सञ्चालन गरिएका हो । तालिममा बबई गाउँपाकिा शिक्षा अधिकृत मोहानलाल दहाल, एफआरडि संस्थाका प्रतिनिधि रामेश्वर यादव, सहजकर्ता केशव प्रसाद शर्माले प्रशिक्षण दिनु भएको थियो । सो तालिममा बबईका २१ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
भोलि देखि मावि तहको सबैका लागि पढाई कार्यक्रम सुरु हुने बताइएको छ ।