दुबै मृगाैला फेल भई तुलसीपुरकाे राप्ती प्रादेशिक अस्पतालमा उपचाररत बबई ५ बगरपुरकी मनमती कुमाललाई एक युवाले रक्तदान गरेका छन् । अर्जेन्ट रगत चाहियाे भन्ने सामाजिक सञ्जालमा पाेष्ट देखेपछि लियाे क्लव अफ इसानका रविन भण्डारीकाे पहलमा युवा समाजसेवी आयुष पाैडेलले वि पाेजेटिभ रक्तदान गरेका हुन ।
रक्तदान सहयाेगका लागि उपचारमा सहयाेग गर्दै आएका सामाजिक अभियान्ता झुपु क्षेत्री धन्यवाद दिएका छन् । मनमतीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा हप्ता हप्तामा डायलासिस हुने गरेकाे क्षेत्रीले बताए । हप्ता हप्तामा रगतकाे आवश्य पर्ने गर्दछ ।