२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

दाङमा भैसी चराउन गएका एक व्यक्ति वेपत्ता

दाङको देउखुरी राप्ती नदी किनारमा भैसी चराउन गएका एक व्यक्ति वेपत्ता भएका छन् । भैंसी चराउन गएका लमही नगरपालिका ७ निवासी ४५ बर्षिय सुन्दरराम चौधरी बेपत्ता भएका छन् । भैंसी घरमा फर्किए पनि चौरधरी घर नफर्किएपछि नदीमा बगेको आशकांमा खोजी कार्य थालिएको छ।

भैंसी घर फर्किएपनि मान्छे नफर्किएपछी परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यस पछी ईलाका प्रहरी कार्यालय अमिलियाको टोली र स्थानीय बासिन्दा चौधरीको खोजीका लागि जुटेको छ ।