२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

शान्ति सुरक्षा कायममा अब्बल प्रहरी नायव निरीक्षक केशव राज रेग्मी

ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायव निरीक्षक केशव राज रेग्मी पश्चिमदाङको शान्ति सुरक्षा कायम गर्नमा अब्बल देखिएका छन् । शान्ति सुरक्षामा थुप्रै चुनौति भएको यस क्षेत्रमा प्रहरी नायव निरीक्षक रेग्मीले शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी राखेका छैनन् । पश्चिमदाङको हापुरे बजार लगायत विभिन्न स्थान हुने विभिन्न गतिविधिलाई विशेष निगरानी साथ काम गरेका छन् । यहाँ हुने अपराधिक गतिविधि, लागुपदार्थ ओसार पसार लगायत विविन्न घटनालाई विशेष ध्यान दिएर काम गरिएको प्रहरी नायव निरीक्षक रेग्मीले बताए । प्रहरी नायव निरीक्षक रेग्मीले विग्रन लागेका युवा युवतीलाई सम्झाई बुझाई सहि बाटोमा लगाएको स्थानीयबासीहरु बताउछन् । बबई एक स्थानीयले (नाम नबताउने सर्तमा) हापुरेमा युवाहरु लागुपदार्थ दुव्र्यसनमा लागेकालाई सहि दिशामा लगाएको समेत बताए । उनि आएपछि विभिन्न अपराधिक घटना तथा क्रियाकलापमा कमी आएको उनले बताए । प्रहरी नायव निरीक्षक रेग्मीले सबै संग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्नमा अग्रसर भएको बताइएको छ ।                                                                  प्रहरी नायव निरिक्षक हुनेमा अन्यथा भएकाे सच्याइएकाे छ ।