२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

पारसको क्यारिकेचर गरेका भरतमणि ‘कमेडी च्याम्पियन’को फाइनलमा प्रवेश

रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल फाइनलमा प्रवेश गरेका छन् । पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका पौडेलले जज मात्र हैन, दर्शकको मन समेत जिते । शनिबार रातिको शो मा उनी पारश शाहको गेटअपमा देखिएका थिए ।

पारशको क्यारिकेचरका क्रममा उनले पारशकै बोली, हाउभाउ गरेका थिए भने पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिए । साथै वर्तमान राजनीतिक परिस्थितिप्रति उनको कटु व्यङ्ग्य दर्शकले मज्जाले पचाए ।

शनिबारको शोअघि नै पौडेलले प्रमो निकै चर्चित भइसकेको थियो । शनिबार राति भने अन्तिम ४ को प्रतिस्पर्धाबाट उनको प्रस्तुती उत्कृष्ट ठहर गर्दै जजहरुले सीधै फाइनलमा प्रवेश गराएका हुन् । बाँकी रहेका तीन प्रतिस्पर्धीबाट अब दुई जना छनोट गरेर फिनाले हुने बताइएको छ ।