२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

राप्ती समाज दक्षिण कोरियाको अध्यक्षमा वली चयन

राप्ती समाज दक्षिण कोरियाको अध्यक्षमा ओमलाल वली चयन भएका छन् । राप्ती समाज दक्षिण कोरियाको ५ औ अधिबेशनबाट वली अध्यक्षमा चयन भएका हुन् । जसको बरिष्ठ उपाध्यक्षमा दामु शर्मा, उपाध्यक्षहरूमा सन्दिप गिरि, भुपाल कुसारी, निराजन वली महासचिवमा अमृत केसी, सचिवमा वायु पौडेल, कोषाध्यक्षमा दुर्गा रोका मगर, सहकोषाध्यक्षमा खुम बहादुर बिस्ट, युवा संयोजकमा सोबोर्न वली चयन भएका छन् ।

यस्तै सदस्यहरूमा प्रकाश केसी, शिरिधर सुवेदी, पुष्पा रोका मगर, जित बिश्वकर्मा, अमर मगर, पवन वली, राज थापा, मिलन कुसारी, दिपक बुढाथोकी , मेगजङ्ग शाह, बिपिन चन्द ठकुरी, भिम बहादुर गिरि, आलोक बुढाथोकी चयन भएको सचिव बायु पौडेले जानकारी दिनुभयो । सञ्चार विभागको संयोजकमा बामदेव देवकोटा, उपसंयोजकमा राजेश वली (रुद्र) र सदस्यमा केपि न्यौपाने चयन भएका छन् ।

यसैगरी जिल्ला संयोजक पनि चयन गरिएको छ । पिताम्बर रिजाल (दाङ), वसन्त राणा (सल्यान), जीवन थापा (प्युठान), अमृत मगर (रुकुम पुर्ब), भामु मगर (रुकुम पश्चिम) रहेका छन् । संस्थाको संरक्षकहरुमा शुक थापा, मल्लिका थकाली, यज्ञमुर्ती पोख्रेल, वीर कुमार वली, खगेन्द्र बुढा मगर, बालकृष्ण शाह (जित) रहेका छन् ।
यसैगरी सल्लाहकार संयोजकमा दिल मोहन पुन, उपसंयोजक मेघराज पौडेल, सदस्यहरुमा होम गुरुङ, एच.पि वली, शिशिर पोख्रेल, पबित्र अधिकारी, केशब राज भट्टराई, कमला वलि साउद, बिनोद बिसी, लोकेन्द्र चन्द, युबराज डाँग, राजगृत केसी, माधब केसी, केपि कुसारी, बिष्णु मगर रहेका छन् ।