२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

प्रहरीमा उपस्थित भई हिरासतमै भोक हड्ताल गर्छौ : परियार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख डा. विनोद सिंहलाई दुव्र्यवहार गरेको आरोप लागेका अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारले प्रहरीमा उपस्थित भई हिरासतमै भोक हड्ताल गर्ने  बताएका छन् ।
सामाजिक संजाल फेसवुकमा लेख्दै कानुनलाई सहयोग गर्ने उद्देश्यले स्वयम उपस्थित भएर न्यायको पक्षमा र अन्याय , झुटा मुद्दाको बिरुद्धमा प्रहरीको हिरासतभित्रै भोक हड्ताल बस्ने बताएका हुन् ।
गत भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुव्र्यवहार गरेको आरोप लागेपछि उनि फरार भएका थिए।