दाङमा आन्दोलनरत स्वास्थ्यकर्मीहरुले भाेलि देखी आन्दोलन फिर्ता लिने भएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर विनोद सिंह माथी दुव्र्यवहार गर्दै कालाेमासाे दल्ने मुख्य आरोपित सर्जन परियार सहित केहि व्यक्ति पक्राउ परेपछि स्वास्थ्यकर्मीहरुले भोली देखी आन्दोलन फिर्ता लिने भएका हुन्।
गत शनिवार देखि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प पादै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएर भोली देखी काममा फर्किने बताएका छन् । गत शुक्रवार अस्पतालका मेसु डाक्टर विनोद सिंह माथी अनेरास्ववियुका अध्यक्ष सर्जन परियारकाे एक समुहले कालोमोसो दलेर दुव्र्यवहार गरेको थियो ।