२०८० साउन १६ गते मङ्गलवार
२०८० साउन १६ गते मङ्गलवार

दाङको शान्तिनगरमा बर्षाका कारण एक घर भत्कियो

दाङको शान्तिनगरमा अविरल बर्षाका कारण एक घर भत्किएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ४ शान्तिपुरका तुति खत्रीको घर भत्किएको हो । अविरल बर्षाका कारण घर भत्किएपनि मानविय क्षति भने नभएको समाजिक अभियान्ता राधिका परियारले जानकारी दिनुभयो । घर भत्किदा ३ लाख बराबरको क्षति भएको छ भने खत्री परिवार विचल्लीमा परेको छ । घर भत्किएर घर विहिन भएपछि अहिले खत्री परिवार छमेकीको घरमा बसेका छन् । नेपाल रेडक्रस सोसाइटीले आपतकालिन सहयोग लत्ताकपडा, त्रिपाल र भाडाकुदा प्रदान गरेको छ भने अन्य सहयोग कसैले गरेका छैनन् । खत्रीको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सक्दो सहयोग गरिदिन सामाजिक अभियान्ता परियारले सबैमा आग्रह गरेका छन् ।