२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङमा मन्त्री चौधरीलाई स्वागत तथा सम्मान

लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई दाङका विभिन्न स्थानमा स्वागत तथा सम्मान गरिएको छ । दाङको देउखुरी र तुलसीपुरमा स्वागत तथा सम्मान गरिएको हो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले तयारी नगरी दाङमा मन्त्रालय सार्दा प्रशासनिक कार्यमा समस्या भएको बताएका छन् । सञ्चार माध्यममा दाङ आएको मन्त्रालय फेरी बुटवल फर्कियो भनेर समाचार आएको भन्दै उनले मन्त्रालयको कामकारबाही सोहि मन्त्रालयबाट भैरहेको र सबै तयारी नभएकै कारण बुटवल आउजाउ गर्नु परेको बताए ।
अघिल्लो सरकारले सस्तो लोकप्रियताका लागि कुनै तयारि नगरी मन्त्रालय दाङ ल्याउँदा सेवा प्रवाहमा समस्या आएको उनको आरोप छ ।