२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

दाङमा खोलाले स्कार्पियो गाडी बगाउँदा चार जनाको मृत्यु

दाङमा सिस्ने खोलाले स्कार्पियो गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही– लमही सडक खण्ड अन्तरगर्त पर्ने सिस्ने खोलाले स्कार्पियो गाडी बगाउँदा चारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
नेपालगन्जबाट घोराही आउदै गरेको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गएराति खोलाले बगाउँदा उक्त गाडिमा सवार घोराही उपमहानगरपालिका – १३ निवासी नितामाया मगर, सुशीला श्रेष्ठ , घोराही उपमहानगरपालिका – १४ निवासी राधा कुवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छ्न । उनीहरु सबै गाडीसंगै बगेका थिए ।
दुईजनाको रातीनै शब निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शब भेटिएको प्रहरीले जनाएको छ । बर्षाका कारण सिस्ने खोलामा गएराती ठूलो बाढी आएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।