२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बर्षाका कारण मलईमा बिधुत पोल ढल्यो, तार जोडेको करिब १ हुदाँ पनि अझै बत्ति बलेन

पश्चिमदाङको बबई ७ मलईबासीले बिधुत बत्ति बाल्न नपाउदै बर्षा कारण आएको पहिरोले बिधुत पोल ढालेको छ । अविरल बर्षाकारण आएको पहिरोले विधुत पोल ढलेको हो । बिधुत पोल र तार तानेको करिब एक बर्ष पुग्न लाग्दा समेत मलईबासीले बत्ती बाल्न पाएका छैन् ।  । बर्षा कारण मलई जाने बाटोको रेलढुङगा नजिकै बिधुत पोल ढलेको स्थानीय समाजसेवी राजकुमार खड्काले जानकारी दिनुभयो । पहिरोले नजिकै रहेको रुख पोलमा ढल्न जादा बिधुत पोल पनि ढलेको खड्काले बताउनुभयो । बिधुत पोल ढलेको ३,४ भएपनि हाल सम्म कसैले चासो नदिएको स्थानीयले बताएका छन् । बिधुत पोल र तार जोडेको करिब बर्ष वितिसक्दा पनि विधुत सञ्चालनमा कसैले ध्यान दिएका छैनन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्र पर्ने भएकाले बाटाका केहि रुख काट्नु पर्ने भएकाले हाल सम्म बिधुत बत्ति बाल्न समस्या परेको मलईबासी बताउछन् । बाटाका केहि रुख काट्नु पर्ने भएकाले निकञ्जले रोकेको तर यस प्रति कुनै निकायले समन्वय गर्न सकेका छैनन् । विकासबाट पिछडिएको मलई क्षेत्रमा सरोकारवालाको ध्यान नजादा विकास विहिन हुदै आएको छ ।