२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबईमा कांग्रेसको वडा सभापतिका लागि युवा उम्मेदवारी

दाङमा नेपाली कांग्रेसको अधिबेसन भदौ २१ गते हुदैं छ । वडा अधिवेसनका लागि वडा सभापति लगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेर चुनावी तयारी भइरहेको छ । पश्चिमदाङको बबईमा यस पटक वडा सभापति पदमा युवाहरुले चासो देखाएका छन् । वडा सभापति पदमा युवाहरुले उम्मेदवारी घोषणा गरेका छन् । लोकतन्त्र, समाजबाद र राष्ट्रियताका लागि उम्मेदवारीको घोषणा गरेको उनिहरु बताउन छन् ।

नेपाली कांग्रेसको जिम्मेवारी पदमा बुढापाका र ठुलाबडाले मात्र पाउने उद्धाहरण चिर्दै युवाले पनि नेतृत्व गर्नु भन्ने उद्येश्यले बबईमा युवाहरु वडा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । सबैसंग सल्लाह सुझाब लिएर बबई ४ को वडा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको झुपलाल बुढा क्षेत्री (झुपु) ले बताउनुभयो । आफू वडा सभापति भएपछि पुराना नेता, युवा तथा सबै कार्यकर्तालाई मिलाएर अगाडि बढ्ने क्षेत्रीले बताउनुभयो । क्षेत्री बबईका चर्चित युवा नेता तथा सामाजिक अभियान्ता हुन् । उनि सबै नेता, कार्यकता तथा जनतासंग माझमा छिट्टै घुलमिल हुने सक्ने बबईका आशा लाग्दा युवा नेता हुन् । क्षेत्रीले बबई ४ बाट आफू वडा सभापतिमा उठेकाले वडा सभापतिमा जिताउन सबै क्रियाशिल सदस्यलाई आग्रह गरेका छन् ।
यस्तै अर्का युवा नेता तथा सामाजिक अभियान्ता युवराज कडेल पनि बबई ५ को वडा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसलाई बलियो र लोकप्रिय बनाउन आफूले उम्मेदवारी दिने घोषणा गरेको कडेलले बताए । सबैसंग सहकार्य गरेर आफू अगाडि बढ्ने उनले बताए । बबई चेम्बर्स अफ कमर्सका अध्यक्ष समेत रहेका कडेल बबईका चर्चित युवा नेता हुन् । वडा सभापति पदमा जिताउन कडेलले सबै क्रियाशिल सदस्यलाई आग्रह गरेका छन् ।