२०७८ असोज २७ गते बुधवार
२०७८ असोज २७ गते बुधवार

तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङकाे तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज विहान सात बजे तिर आफ्नै घरमा करेन्ट लागेर तुलसीपुर १० पड्ढा बस्ने ५२ बर्षिय सुरेस डाँगीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ । घरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भिर घाईते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा साढे सात बजेतिर मृत्यु भएको हाे