२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

सल्यानमा यात्रु बाहक बस दुर्घटना हुँदा १५ जना घाइते

सल्यानकाे मुलपानी नजिकै यात्रु बाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएकाे छन् । दाङ देखी रुकुम पश्चिम तर्फ जादै गरेको रा १ ख १७९२ नम्वरको यात्रुबाहक बस शुक्रवार दिउँसो पौने दुई बजे कपुरकोट ३ मुलपानी नजिकै जमपानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटना परि घाईते भएका सवै खतरामुक्त भएको प्रहरीले बताएको छ ।
यस्ताे छ घाईतेहरुको विवरण
१) जिल्ला सल्यान कपुरकोट गा.पा.५ बस्ने वर्ष २३ की रेखा साहु (घाटीमा चोट अवस्था मध्यम) ।
२) ऐ.ऐ.बस्ने वर्ष ३१ की सिता बुढाथोकी (शरिरमा चोट अवस्था सामान्य) ।
३) ऐ. दार्मा गा.पा.६ बस्ने वर्ष २० को प्रबेश बस्नेत (दाहिने हातमा चोट अवस्था सामान्य) ।
४) ऐ.शारदा न.पा.१५ बस्ने वर्ष ४९ को तारा प्रसाद नाथ (शरिरमा चोट अवस्था सामान्य) ।
५)ऐ. शारदा न.पा.१ बस्ने वर्ष ४० को कृष्णा गौतम (बाँया कुममा चोट अवस्था सामान्य) ।
६) ऐ.कुमाख गा.पा.बस्ने वर्ष ७३ को हिरे राना (टाउको र हातमा चोट अवस्था मध्यम ) ।
७) ऐ.कपुरकोट गा.पा.५ रिम बस्ने वर्ष ४५ को धन कुमारी रोका (वाँया खुट्टामा चोट अबस्था सामान्य) ।
८) ऐ.ऐ.बस्ने वर्ष २१ की याम कुमारी बोहरा (टाउको र खुट्टामा चोट अबस्था सामान्य) ।
९) ऐ. कपुरकोट गा.पा.५ बस्ने वर्ष तिला महतरा (खुट्टा र आँखामा चोट अवस्था सामान्य) ।
१०) ऐ. बागचौर न.पा.२ बस्ने वर्ष ४५ को लाल बहादुर डाँगी (कुममा चोट अवस्था सामान्य) ।
११) जिल्ला दाङ दङगिसरण गा.पा.५ बस्ने २५ की निर्मला शर्मा (शरिरमा चोट अवस्था सामान्य)।
१२) ऐ.तुल्सिपुर उ.म.न.पा.३ बस्ने वर्ष २८ को बिनोद बुढाथोकी (मुखमा चोट अवस्था सामान्य) ।
१३) जिल्ला प.रुकुम मसिकोट न.पा.४ बस्ने वर्ष ७५ को मोहन सिंह पुन (टाउकोमा चोट अबस्था मध्यम ) ।
१४) जिल्ला प.रुकुम त्रिबेणी गा.पा.२ बस्ने वर्ष २१ जोक बहादुर खड्का (बाँया हातमा चोट अवस्था सामान्य) ।
१५) ऐ.बस्ने वर्ष २२ को किरण ओली बाँया हातमा चोट अवस्था सामान्य )