२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोना सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या बढ्यो

कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित नेपालमा निको हुनेको सङ्ख्या सात लाख २३ हजार ४५६ पुगेको छ ।
गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।