२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

गृहमन्त्री खाँडद्धारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

गृहमन्त्री बालकृष्ण खाँडले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । गएको असार १ र साउन १६ गतेको बाढीको कारण यस क्षेत्रमा मानवीय तथा भौतिक रुपमा ठूलो क्षति पुगेको थियो । गृहमन्त्री बालकृष्ण खाँड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेलसहितको टोलीले आज हेलम्बु गाउँपालिका–२ मा रहेको गणेश बगर र मेलम्चीका बाढी प्रभावितको अवस्था बुझ्नुभएको हो । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र त्यस वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरी तत्कालै सरकारबाट हुने सहयोगको प्रतिबद्धता समेत गर्नुभएको छ । यस्तै उहाँले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

निरीक्षण टोलीमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्व कानुनमन्त्री तथा सांसद शेरबहादुर तामाङ, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी हुनुभएको थियो ।