२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

शान्तिनगर युवा सञ्जालको पहिलो बार्षिकोत्सव सम्पन्न

दाङको शान्तिनगर युवा सञ्जालको पहिलो बार्षिकोत्सव सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष कर्णदिप देवकोटा अध्यक्षता एवं समाजसेवी ढुण्डिराज कडेलको प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव कार्यक्रममा आर्थिक बर्ष ०७७/०७८ को आय व्यय तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष ०७७/०७८ को आय व्यय तथा प्रगति विवरण सचिव कोमल बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो । आर्थिक बर्ष ०७७/०७८ मा ९४,४५९ रुपैया बराबरको आय तथा ७०,४०५ रुपैया बराबरको व्यय र २४,५५४ रुपैया सञ्जालको खातामा जम्मा रहेको बताइएको थियो । कोरोना महामारीमा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग तथा झुल वितरण गरिएको लगायतका सञ्जालले हाल सम्म गरेका प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

सो अवसरमा शान्तिनगर ६ का समाजसेबी तथा समाजिक अभियन्ता प्रदिप अधिकारी, दिपक परियार, प्रेम चौधरी, कासिराम न्यौपाने, तिलकराम के.सी. लगायत बोल्नु भएको थियो ।
रमेश अधिकारिको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजिरण सचिब कोमल बुढाथोकीले गर्नु भएको थियो ।