दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ पहाडिपुरमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । लालिगुरास आमा समुहको आयोजनमा नेपाली नेपाली हिन्दु नारीहरुको महान चाडको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । तीज विशेष कार्यक्रममा सम्पूर्ण महिला जम्मा भएर छमछमी नाच्दै तीज विशेष कार्यक्रम मनाएका थिए । सो अवसरमा तीजको दर समेत खुवाइएको थियो । लालिगुरास आमा समुहका अध्यक्ष भुमा खडकाको अध्यक्षतामा भएको तीज विशेष कार्यक्रममा नेपाली कांगे्रस क्षेत्र नं. ३ का क्षेत्रीय उपसभापती प्रमोद बस्नेत, वडा अध्यक्ष रवि बुढाथोकी, वडा सदस्यहरु डम्बर बहादुर वली, लिला वि.क. लगायतको सहभागिता रहेको थियो । तीजको शुभकामना साट्दै नाचगान सहित तीज विशेष कार्यक्रम मनाइएको सामाजिक अभियान्ता प्रदिप अधिकारीले जानकारी दिनुभयो ।