२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङको लमहीमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङको लमहीमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका रातुडाँडामा गयराती रा ४ प ७८५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही नगरपालिका ७ हसनापुरका ४६ वर्षका शिवु गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गिरीको लमही अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।