नेपाली कांग्रेस १४ औं महाधिवेसन अन्तर्गत दाङको बबई गाउँपालिकामा ३ वटा वडामा वडा अधिवेसन सर्वसम्मत भएको छ भने ४ वटा वडामा चुनाव भएको छ । बबई गाउँपालिका वडा नं. २,४ ५ र ६ वडामा सर्वसम्मत हुन नसकेर चुनाव भएको छ । बबई गाउँपालिका वडा नं. १,३ र ७ मा पदाधिकारी र क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ । बबई गाउँपालिका ३ को वडा सभापतिमा प्रेमलाल परियार र ७ को वडा सभापतिमा महादेव के.सी लगायत अन्य पदाधिकारी र क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । यसैगरी सर्वसम्मत चयन भएको वडा नंं. १ को अपडेट प्राप्त भएको छैन् । चुनाव मार्फत वडा नं. २ को वडा सभापतिमा महारुद्र अधिकारी, ४ को वडा सभापतिमा झुपलाल बुढा क्षेत्री (झुपु), ५ को वडा सभापतिमा युवराज कडेल, वडा नं. ६ को वडा सभापतिमा टेक वहादुर भण्डारी चयन भएका छन् ।