दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा सहयोग र वडा भित्रका महिला समूहको सहकार्यमा बैशा खल्यानमा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।
वडा सदस्य लक्ष्मण प्यारी चौधरीको सभापतित्व एवं गाउँपालिका उपाध्यक्ष मिथिला शाहको प्रमख आतिथ्य तथा वडा अध्यक्ष गिरीराज बस्नेतको विशिष्ट आतिथ्य तीज विशेष कार्यक्रम भएको हो । कार्यक्रममा महिला अधिकारकर्मी राधिका परियार, लोकप्रिय विद्या मन्दिरका पिन्सिपल फत्ते खड्का, नेता तोरणसिं ठाडा मगर लगायतले बोलेका थिए ।
कार्यक्रममा वडा भित्रका महिलाहरु छमछमी नाचेका थिए । तीज आउन अव केहि भित्र बाँकी रहदा वडाले आयोजनाले गरेको तीज विशेष कार्यक्रममा रमाइलो गर्न पाउदा खुशी भएका थिए । सो अवसरमा तीज नृत्य प्रतियोगिता समेत भएको थियो । नृत्य प्रतियोगितामा हरीयाली कृषक समूह प्रथम, हात्तिखाल प्राविका रमा बुढाथोकी द्धितिय, खैरी टोल तृतिय र रेखा बुढाथोकी सान्त्वना भएका थिए । चित्रा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रिता बटालाले गरेका थिए ।