२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

कांग्रेस वडा अधिवेसन : दाङका ६० वडामा सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेस १४ औं अधिवेसन अन्तर्गत दाङका ६० वडामा अधिवेसन सर्वसम्मत नेतृत्व चयन भएको छ । सोमवार भएको वडा अधिबेशनमा ६० वडामा सर्वसम्मत निर्वाचत भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । सहमती हुन नसकेका ४० वटा वडा मध्ये ३८ वटा वडामा मतदान सम्पन्न भई मतगणना जारी रहेको छ । जिल्लाका दश पालिकाको एक सय वडा मध्ये तुलसीपुर ५ र १६ नम्वर वडामा सहमतीको प्रयास गर्ने भन्दै हिजोको निर्वाचन स्थगित गरिएको थियो । मतदान भएका ३८ वटा वडा मध्ये ३० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने बाँकी ८ वटाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।