२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

एमसिसिका विरूद्धमा विमानस्थल बाहिर प्रदर्शन


अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै युवाहरुको समूहले विमानस्थल बाहिर प्रदर्शन गरेका छन् । एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले एमसीसीका विरूद्ध नाराबाजी गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने भनिएसँगै एमसीसीका विरूद्ध प्रदर्शनहरु बढेका छन् ।