२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

एमाले दाङको अध्यक्षमा टिकाराम खड्का

नेकपा एमाले दाङको अध्यक्षमा टिकाराम खड्का चयन भएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले जिम्मा टिकाराम खड्कालाई दिने निर्णय गरेको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्र बिच पाटी एकता हुनु अघि खड्का एमाले दाङको अध्यक्ष रहेका थिए ।
पाटी एकता पछि पनि तत्कालिन नेकपा दाङका अध्यक्ष रहनु भएका खड्का सर्वोच्च अदालतले पुर्वत एमाले र माओवादी केन्द्र ब्युझाई दिएपछि खड्का माधव कुमार नेपाल समुहमा लागेका थिए । त्यसपछि एमाले दाङको जिम्मेवारी उपाध्यक्ष हुकम बस्नेतले सम्हाल्दै आउनु भएको थियो । तर माधव नेपालले छुटै दल दर्ता गरेपछि एमालेमै बस्नु भएका खड्कालाई जिम्मेवारी दिईएको हो ।
यसैगरी बैठकले हुकुम बस्नेतलाई उपाध्यक्षमा ,सचिवमा मनोहर बुढाथोकी र उपसचिवमा कृष्ण भुषाललाई जिम्मेवारी दिने निर्णय गरेको उहाले जानकारी दिनुभयो । यस अघि एमाले दाङको सचिवमा हिराचन्द्र केसी, उपसचिवमा सुरामणि बेलबासे रहनु भएको थियो । दुवै जना अहिले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी रहेका छन् ।