२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

एमसीसीको विषयमा पार्टीमा कुनै मतभेद छैन् : पौडेल


नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ । सरकारले एमसीसीको प्रस्ताव संसदमा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले देशको हितलाई केन्द्रमा राखेर र नागरिकको चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो । एमसीसीको विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उहाँको भनाइ थियो ।

एमाले विभाजन नभइ सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुवात भएको पौडेलले सुनाउनुभयो । पार्टी विभाजन विचार र दर्शनका आधारमा नभइ लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाउनुभयो । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उहाँको भनाइ थियो ।पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताउनुभयो । प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मक रूपमा लिएर रचनात्मक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।