२०७८ असोज २८ गते बिहिवार
२०७८ असोज २८ गते बिहिवार

तुलसीपुरमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते


दाङकाे तुलसीपुरमा बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते भएका छन् ।
बाैलाह कुकुरको टोकाइबाट घाइते हुने अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेका छन् । बौलाहा कुकुरले टोक्नथालेपछि स्थानीय त्रसित बनेका छन् । कुकुरले टोकेका व्यक्तिहरूको जिल्लामा उपचार सम्भव नभएपछि बाँके र काठमाडौं पठाउन थालिएको छ ।
बौलाहा कुकुरको टोकाइबाट घाइते हुने बिरामीको संख्या बढ्दै गएको तर उपचारका लागि खोप अभाव भएकाे राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद सिंहले बताउनु भयाे ।
अस्पतालमा इमोग्लोबिन नामक भ्याक्सीन अभावले बिरामीलाई बाहिर रेफर गर्नु पर्नु बाध्यता रहेकाे मेसु सिंहले बताउनु भयाे ।