२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

बर्षाकारण अवरुद्ध मलईको बाटो सहज बनाइयो (भिडियो सहित)

बर्षाकारण अवरुद्ध रहेको दाङको बबई – ७ मलईको बाटो सहज बनाइएको छ । बर्षाकारण आएको हावाहुरीले रुख, विधुत पोल ढलेको र पहिराले हिड्न समस्या परेकाले स्थानीय, बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना, निकुञ्ज कर्मचारीको सक्रियतामा बाटो सहज बनाइएको हो । बर्षामौषम कम भएसंगै हिड्नका लागि बाटो मर्मत गरिएको हो । बाटोमा ढलेका रुख, विधुतको व्यवस्थापन र पहिरो पन्छाइएको स्थानीय समाजसेवी डम्बर चन्दले जानकारी दिनुभयो । गाडि चल्ने मोटरबाटो भएपनि बर्षा कारण मान्छे हिड्न समेत समस्या रहेकाले केहि सहज बनाएर मान्छ मिल्ने बनाएको चन्दले बताउनुभयो । चाड पर्व नजिकै गर्दा बजार जान र वडा तथा गाउँपालिका जान निकै समस्या परेकाले स्थानीय, बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना, निकुञ्ज कर्मचारीको सक्रियतामा बाटो मर्मत कार्य गरिएको उहाले बताउनुभयो । हरेक बर्षको बर्षा मौषम मलईको मोटरबाटो यसैगरी विग्रने गर्दछ । मोटरबाटोको स्तरोन्नती हुन नसक्दा मोटरबाटो भएर खोला बग्ने गर्दछ ।