दाङको तुलसीपुरमा टेक्टर पल्टिदा चालकको मृत्यु भएको छ । बालापुरबाट आउँदै गरेको अन्टेष्ट टेक्टर गएराति १० बजे तिर तुलसीपुरको अश्वारा पेट्रोल पम्प नजिकै अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी २१ बर्षका कृष्ण बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । टेक्टरले च्याप्दा घाइते भएका पुनको गएराति ११ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । सोही ठाउँका शेरबहादुर खड्का सामान्य घाइते भएका छन् ।