२०७८ असोज ३० गते शनिवार
२०७८ असोज ३० गते शनिवार

खैरेनीमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

दाङ शान्तिनगरको खैरेनीमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकल चालकको मृत्यु भएको छ । आज विहान ९ बजे तिर बाघमारे देखि हाइवे आउदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाइकल र हापुरे देखि तुलसीपुर तर्फ आउदै गरेको रा १ ज ८०५ नम्बरको ट्याक्सी शान्तिनगर ७ खैरेनी चौकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा शान्तिनगर गाउँपालका वडा न २ बाघमारे बस्ने ४८ बर्षीय मोटरसाइकल चालक रुद्रबहादुर खड्का रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक नविन चुडालीले जानकारी दिनुभयो । यसैगरी सोहि ठाउँ निवासी ६७ बर्षीय नरबहादुर खड्का घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । ट्याक्सी र चालकलाई ईलाका प्रहरीले खिलतपुरले नियन्त्रण्मा लिएको छ ।