२०७८ असोज २८ गते बिहिवार
२०७८ असोज २८ गते बिहिवार

काेराेना संक्रमितकाे संख्यामा कमी, आज ९९४ जनामा मात्र


पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २७ हजार ३५५ जना रहेको छ । जसमध्ये २५ हजार ७०८ जना होम आइसोलेसनमा, १६४७ जना संस्थागत आइासोसलमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २३०, ललितपुरमा ८५, झापामा ७४, कास्कीमा ५५, भक्तपुरमा ४२, मोरङमा ३८, चितवनमा ३०, सुनसरीमा २७, मकवानपुरमा २०, रुपन्देही र नवलपरसाी पूर्वमा १३÷१३, काभ्रेमा ११ र दाङमा १० जना संक्रमित भेटिएका छन् ।