दाङको बबई ७ चरकमटियाका विद्यार्थीले कोरोना विरुद्धको खोप लगाउदै । तस्वीर : शिक्षक विष्णु प्रसाद रावत
दाङमा कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । यहि भदौ ३० गतेबाट संचालन हुन लागेको कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना विरुद्ध एष्टाजेनेका खोप दिन आज देखि सुरु गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कक्षा १२ को प्रवेश पत्रको आधारमा विद्यार्थीलाई खोप दिन सुरु गरिएको जनाएको छ ।