प्रतिकात्मक तस्वीर ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ । गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो । सोमबार बिहान आधा शरिर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिनुभयो ।
मृतक आइतबार बेलुकीदेखी हराईरहेको स्थानीयले बताएका छन् । केही समयदेखी होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन । मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए ।
मृतकको शव पुर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको हो । बाघले मृतकको आधा शरिर खाइसकेको छ । आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मारिदिएको स्थानीयले बताएका छन् । बाघले मान्छे खाएपछि स्थानीय त्रसित भएका छन् ।