२०७८ भाद्र २८ गते सोमवार
२०७८ भाद्र २८ गते सोमवार

बबई नदीमा डुबेर एक जनाको ज्यान गयो

सांकेतिक तस्वीर

दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।
बबई नदीमा डुवेर राप्ती गाउँपालिका– ८ पिपरी का १८ वर्षका आशिष चौधरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए।
साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीलाई हिजो नदीले डुबाएको प्रहरीले जनाएको छ।