२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

रुकुम पूर्वमा खोलाले बगाएर एक महिला बेपत्ता

रुकुम पूर्वमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–६ अँधेरी खोलाले बगाएर एक महिला बेपत्ता भएकी हन् । लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर पुथाउत्तरगंगा–१३ का अन्दाजी ४० वर्षीया हिरा विक बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले अँधेरी खोला तर्नेक्रममा विक बगेको जानकारी दिए। विकको खोजी भइरहेको तर फेलापर्न नसकेको उनले बताए। उनलाई आइतरबार दिउँसो बगाएको हो।