२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन १६ वर्षीया बालिका

मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।
स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले ऋषिदेवलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।