२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

थप १,७६० जनमा कोरोना संक्रमण, १२२० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।