२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

ईप्रका हापुरेले विभिन्न स्थानमा सुझाव पेटिका राख्यो


ईलाका प्रहरी कार्यालय हापुरेले विभिन्न स्थानमा सुझाव पेटिका राखेकाे छ । आम नागरीकको गुनासो तथा शान्ति सुरक्षा कायम गर्न सुझाव पेटिका राखिएको हो । आज बबई गाउँपालिका ४ र ५ नं. वडा कार्यालय तथा ट्याक्सी काउन्टरमा सुझाव पेटिका राखिएको हो । कोहि प्रत्यक्ष गुनासो राख्ने र कोहि प्रत्यक्ष गुनासो राख्न नसक्ने नागरीक हुने भएकाले गुनासो प्रत्यक्ष रुपमा राख्न नसक्ने नागरीका लागि सुझाव पेटिका राखिएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख केशवराज रेग्मीले बताउनुभयो । यसले गर्दा आम नागरीकको गुनासो समेट्न सहयोग पुग्ने प्रमुख रेग्मीले बताउनुभयो । नागरीक सहायता कक्षको रुपमा सुझाव पेटिका मार्फत जनता र प्रहरी विच सम्बन्ध सुमधुर हुने प्रमुख रेग्मीको भनाई छ । ईलाका प्रहरी कार्यालय हापुरेको प्रमुखको रुपमा केशवराज रेग्मी आएपछि पश्चिमदाङको शान्ति सुरक्षा मजबुद हुदै आएको छ ।