दाङ दंगिशरणको प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा भिडियो एक्सरे सेवा संचालन गरिएको छ । आज एक कार्यक्रमका विच दंगिशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीले भडियो एक्सरे सेवाको उद्घाटन गरेका हुन् । पहिलो पटक पश्चिम क्षेत्रमा भिडियो एक्सरे सेवा पुगेपछि दुर दराजका नागरिकहरुलाइ सहज हुने भएको छ । अति विपन्न वर्ग तथा विकट वस्तिका नागरिकहरुलाइ समयमा नजिकै सेवा दिने लक्ष्य सहित स्वास्थ्य केन्द्र श्रीगाउँले सो सेवाको सुरुवात गरेको हो । यसले गर्दा टाढा जानू पर्ने बाध्यता अन्त्य हुने आशा लिइएको छ । उद्घाटन कार्यक्रम स्वास्थ्य केन्द्र सञ्चालन ब्यवस्थापन समितिका अध्यक्ष एंव वडा नं. ६ का वडा अध्यक्ष टंक बहादुर वलीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका प्रवक्ता एंव वडा नं. ७ का वडा अध्यक्ष वीर बहादुर वलीको विशिष्ट आतिथ्यतामा भएको हो । अस्पतालामा डा. कृष्ण घर्ती र डा. बुद्धि कुमारी बुढा मगरले भिडियो एक्सरे सेवाका दिने बताइएको छ।