२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

जनावरलाई थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु

बर्दियामा जंगली जनावरलाई थालेको विद्युत्तीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० ईश्वर कार्कीका अनुसार, खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

प्रहरीले विद्युतीय पासो थापेको अभियोगमा छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए ।