२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङ उवासंघद्धारा लुम्विनी प्रदेश सरकारलाई ज्ञापन पत्र

दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न विकास निर्माण तथा जिल्लाको आर्थिक क्षेत्रको विकासको माग गदै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टंकसिह वुढाथोकीको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र वुझाएको हो। टोलीमा घोराही उप महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, वरिष्ठ उपाध्यक्ष नरेश कार्की, महासचिव महेन्द्र वुढाथोकी, सचिव नरेशकुमार श्रेष्ठ, सदस्यहरु जगतप्रसाद आचार्य, विनोद प्रसाद पाण्डे, माधव खनाल, विकास वली लगाएतको सहभागिता रहेको थियो ।