पश्चिमदाङको शान्तिनगरमा ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुको परिचय खुलेको छ । घाईते हुनेमा टेक्टरमा सवार बबई गाउँपालिका वडा नम्वर ६ बस्ने १८ बर्षिय धनराज थापा, सोहि ठाउँका १६ बर्षिय रोसन वली र १९ बर्षिय छवि बुढाथोकी रहेको प्रहरीले बताएको छ । आज दिउँसो शान्तिनगर १ खिलतपुर देखि अमुवा जादै गरेको रा १ त २८८३ नम्बरको ट्याक्टर खिलतपुरको ओरालोमा दुर्घटना भएको थियो । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको बताईएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।